घर पुस्तकालय, सराबरि नेपाल फाउण्डेशन द्वारा सञ्चालित एउटा कार्यक्रम हो। 'सराबरी नेपाल' एक गैर नाफा मुलक संस्था हो । पुस्तकालयको मद्दतबाट पाठक/विद्यार्थीको ज्ञान, क्षमता फराकिलो बनाउनुको साथ साथै पाठकलाइ आत्म सजग,वास्तविकता अन्वेषण गर्न सहयोग गर्ने सोचका साथ घर पुस्तकलायको
सुरुवात गरिएको हो। पुस्तकालय संघमा आवद्द "घर पुस्तकालय" ७७ नै जिल्लामा
सार्वजनिक पुस्तकालय खोल्ने योजनाको साथ संचालन गरिएको हो।
घर पुस्तकालय नै किन ?
- पुस्तक पढ्न मन लाग्छ तर पुस्तक कहाँ पाइन्छ थाहा छैन?
पुस्तक कस्तो छ थाहा छैन ?
मनपराएको पुस्तक किन्न सकिरानु भएको छैन ?
पुस्तक लिन जानु समय छैन ?
कस्तो पुस्तक पढ्ने थाहा छैन?
पुस्तक पढ्न भन्दा सुन्न मन लाग्छ ?
आफुसँग रहेको पुस्तक के गर्ने थाहा छैन?
नयाँ/पुराना पुस्तक बेच्न/किन्न खोजिरहनुभएको छ ?
समुह बनाएर पुस्तक पढ्न चाहानुहुन्छ?
यि सबै प्रश्नको उत्तर घर पुस्तकालय
घर पुस्तकालयमा विभिन्न विधामा रहेको करिब १०,००० पुस्तक, पुस्तकालयको सामाजिक संजालबाट रोज्न सक्नुहुनेछ जसमा पुस्तकको परिचय सहित पुस्तकको पाठकद्दारा लेखिएको प्रतिक्रिया पाउनुहुनेछ।
- हजुरले घर पुस्तकालयमा गर्नुभएको प्रत्येक Transaction बाट निश्चित प्रतिशत सराबरि नेपालको ''सराबरि पुस्तक" नामक कोषमा सहयोग जाने र आवश्यक विद्यार्थी, पाठकलाई छात्रवृति साथसाथै पुस्तक लेखकलाई सहयोग गरिने ।
- घर पुस्तकालयले 'कार्यक्रम नेपाल' सँग सहकार्य गरि लेखक-पाठक अन्तक्रिया, पुस्तक मेला, बहस जस्ता विभिन्न कार्यक्रम गरिने।
- घर पुस्तकालयले लेखक-पाठकलाई सम्मान गर्ने सोँचले "सराबरि Reader/Writer/Book of the month/year" को विधामा सम्मान गरिने ।
- घर पुस्तकालयको website, सामाजिक संजालमा, पाठकको प्रतिक्रिया, लेखहरु प्रकाशन गरिने ।
- नँया/पुरानो पुस्तक किन्ने/बेच्ने व्यवस्था गरिने।
- पुस्तक रोज्नुभएको ७२ घण्टामा हजुरको स्थानमा पुर्याइने ।
- समुह साथि जसमा घर पुस्तकालयले पाठक समुह बनाउनेछ, त्यस समुहमा पाठकहरु सँग भएको पुस्तक एक-आपसमा साटि पढ्न सक्नुहुनेछ। त्यसका लागि "समुह साथि" नामक सदस्यता लिए पुग्ने छ।
घर पुस्तकालयले कसरि काम गर्छ?
घर पुस्तकालयको website, सामाजिक संजालमा विभिन्न विधाको वर्गिकरण गरि पुस्तक रखिएको हुनेछ । घर पुस्तकालयको सदस्यता लिइसकेपछि, घर पुस्तकालयमा रहेको पुस्तक रोज्न सक्नुहुनेछ । हजुरले रोजेको पुस्तक, पुस्तकालयको साथिहरुले हजुरको ठाउँमा पुयाइदिनुहुनेछ । हजुरले घर पुस्तकालयबाट कुनै पुस्तक लिदा आँफुसँग रहेको जुनसुकै एउटा पुस्तक साट्नुपर्नेछ । '
घर पुस्तकालय सदस्यता शुल्क :-
समुह साथि :- ४००
पुस्तक साथि :- ६५०
सराबरि साथि :- १२५०
नियम
१)हजुरले घर पुस्तकालयबाट कुनै पुस्तक लिदा आँफुसँग रहेको जुनसुकै एउटा पुस्तक साट्नुपर्नेछ ।
२) पुस्तक लिँदा Delivery Charge रू १२५ लाग्ने छ ।
३) पुस्तक च्यातिएमा, हराएमा पाठक जिम्मेवार हुनुपर्नेछ ।
४) सदस्य "पुस्तक साथि" ले २१ दिनमा र "सराबरि साथि" के ४५ दिन भित्रमा पुस्तक फिर्ता गर्नुपर्नेछ।
Recent Posts
Let's Talk About Mental Health
Contact
Project In Mind, Discussion, Suggestions, Feedback; would love to hear from you!